No 1 : World’s best Manpower Organisation
nihonokuridashinepalnihonokuridashinepalnihonokuridashinepal
(Mon- Friday)
info@nihonokuridashinepal.com
Nepal
nihonokuridashinepalnihonokuridashinepalnihonokuridashinepal

Legislation

Legislation

देशमा देखिएको वेरोजगारी समस्या निवारणको निमित्त कानुन बमोजिम स्वीकृत प्राप्त गरी संचालन भएको वैदेशिक रोजगार व्यवसायलाई समन्वय गरी स्वच्छ प्रतिस्पर्धात्मक ढंगबाट अगाडी बढाउदै हाल खेर गइरहेको बेरोजगार जनशक्तिलाई सरल, सुरक्षित एवं सुव्यवस्थित रुपमा वैदेशिक रोजगारीका अवसर उपलब्ध गराई विदेशी मुद्रा आर्जन गरी गरीवी निवारण तथा मुलुकको सर्वाङ्गिण विकास गर्नु समयको माग भएकोले नेपाल सरकारलाई वैदेशिक रोजगारको क्षेत्रमा सहयोग सल्लाह तथा सुझाव समेत प्रदान गरी वैदेशिक रोजगार व्यवसायीको पेशागत हक हितको संरक्षण गरी व्यवसायलाई व्यवस्थित ढंगबाट समयानुकुल तथा पारदर्शी गर्दै जानुपर्ने आवश्यकतालाई समेत अंगिकार गरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको स्थापना गरिएको छ ।

परिच्छेद –१

१. संक्षिप्त नाम र प्रारम्भ :

१. यस विधानको नाम “नेपाल वैदेशिक रोजगार व्यवसायी संघ २०४९” रहनेछ र अंग्रेजीमा यसलाई Nepal Assocoiation Of Foreign Employment Agencies भनिने छ ।

२. यो विधान नेपाल सरकारले स्वीकृत प्रदान गरेको मिति देखि लागु हुनेछ ।

३. यसलाई छोटकरीमा नेपालीमा ने.बै.रो.व्य.सं र अंग्रेजीमा NAFEAभनिनेछ ।

४. यो विधान सं घको सबै किसिमको सदस्य पदाधिकारी तथा कर्मचारीलाई लागु हुनेछ ।

२. परिभाषा :
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा :

१. “विधान” भन्नाले संघको विधानलाई जनाउनेछ ।

२. “संघ” भन्नाले यस विधान अन्तरगतको व्यवसायी संघ सम्झनु पर्दछ ।

३. “ऐन” भन्नाले बैदेशिक रोजगार ऐन २०६४ लाई सम्झनु पर्दछ ।

४. “नियम” भन्नाले यस विधान अन्तरगत बनेको नियम सम्झनु पर्दछ ।

५. “सदस्य” भन्नाले संघको कार्यसमितिका सदस्यहरुलाई सम्झनु पर्दछ ।

६. “नियमावली” भन्नाले वैदेशिक रोजगार नियमावली २०६४ लाई सम्झनु पर्दछ ।

७. “दफा” भन्नाले यस विधानको दफा सम्झनु पर्दछ ।

८. “पेशा” भन्नाले वैदेशिक रोजगार सेवा उद्योगमा संलग्न सम्पुर्ण काम कारवाहीलाई सम्झनुपर्दछ ।

९. “पदाधिकारी” भन्नाले संघको कार्यसमितिका अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, कोषाध्यक्ष र सचिव सम्मका पदाधिकारीलाई जनाउनेछ ।

१०. “प्रतिनिधि” भन्नाले यस संघका कुनै पनि साधारण सभाको बैठकमा साधारण सदस्यहरुको तर्फबाट दफा ११ बमोजिम प्रतिनिधित्व गरी आउने व्यक्ति सम्झनुपर्नेछ ।

११. “रोजगार” भन्नाले वैदेशिक रोजगारलाई जनाउनेछ ।

१२. “समिति” भन्नाले कार्यसमितिबाट गठित समिति वा उपसमितिलाई जनाउनेछ ।

१३. “तोकिएको वा तोकिए वमोजिम” भन्नाले यस विधान अन्तरगत बनेका नियम तथा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्दछ ।

१४. “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँदछ ।

३ संघको छापः

१. संघको छुट्टै लोगो (चिन्ह) तथा छाप अनुसुची –१ मा उल्लेख भए बमोजिम हुनेछ ।

२. संघले व्यक्ति सरह चल वा अचल सम्पत्ति प्राप्त गर्न उपभोग गर्न वेचविखन गर्न तथा ऋण लिन सक्नेछ ।

३. संघले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।

४. संघको कार्यालय: 

यस संघको केन्द्रीय कार्या लय काठमाडौँ जिल्ला का.म.न.पा वडा नं २, लाजिम्पाटमा रहनेछ तथा आवश्यकता अनुसार शाखा तथा उपशाखा स्थानीय अधिकारीको पुर्व स्वीकृती लिई अन्य जिल्लाहरुमा पनि स्थापना गर्न सकिने छ । 


परिच्छेद –२

५. संघको उद्देश्य 
संघको उद्देश्य देहाय बमोजिम हुनेछ ।

क) वैदेशिक रोजगारी र व्यवसायलाई मुख्य पेशा बनाई कार्य गरेको, उक्त कार्य प्रति गहिरो अभिरुचि भएका व्यक्ति, संघ संस्थाहरुमा समन्वय कायम गराई एक आपसमा एकताको भावना सृजना गराउने ।

ख) वैदेशिक रोजगार पेशासँग सम्बन्धित विविध समस्याहरुको निराकरण गर्ने ।

ग) विदेशमा रोजगार प्राप्त गर्न चाहने व्यक्तिहरुलाई यस संघको उपादेयता र कार्यक्रम सम्बन्धी जानकारी गराउने ।

घ) सिप विकास गरी दक्षता अनुसार विदेशमा रोजगारीको प्रबन्ध मिलाउने र रोजगारीका लागि व्यवस्थित गर्न आवश्यक कार्य गर्ने ।

ङ) विदेशस्थित विभिन्न निकाय लगायत रोजगारदाताहरुसँग सम्पर्क राखी तिनीहरु र व्यवसायीहरु बीच समन्वय गराउने ।

च) व्यवसायी, कामदार र रोजगारदाताका बीच उब्जने कुनै पनि समस्याको प्रचलित ऐन कानुन अन्तरगत रही आपसी सहमतिद्धारा निराकरण गर्ने ।

छ) विभिन्न सरकारी निकाय तथा व्यवसायीहरुसँग समन्वय गरी विदेशमा रहेका नेपाली कामदारहरुको सही तथ्यांक निकाली अध्यावधि गरी राख्न प्रयत्न गर्ने ।

ज) वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका निम्न स्तरीय नेपाली कामदारको परिवारका सदस्यहरुलाई छात्रबृत्ति प्रदान गर्ने व्यवस्था गर्ने ।

झ) वैदेशिक रोजगार व्यवसायी तथा रोजगार प्राप्त गर्ने व्यक्तिहरुको हक हित सम्बन्धी अन्य कार्यहरु गर्ने ।

ञ) नेपाली कामदारहरुलाई विदेशमा बढी रोजगार दिलाउनको लागि प्रबन्ध गर्ने, गराउने ।

ट) नेपाली कामदारहरुको रोजगारीको स्तर निर्धारण गर्ने, गराउने ।

ठ) कानुन बमोजिम दर्ता भएका विभिन्न वैदेशिक रोजगार सम्बन्धी पेशागत संस्था बीचमा विचारको आदान प्रदान गरी पेशालाई व्यवस्थित तथा मर्यादित तुल्याउन पहल गर्ने, गराउने ।

ड) नेपाल सरकार कुटनैतिक नियोग एवं अन्य सम्बन्धित स्वदेशी तथा विदेशी संस्थाहरुसँग समन्वय गरी विदेशमा अलपत्र परेका नेपाली कामदारलाई संरक्षण तथा उद्धार गर्न संघको तर्फबाट पत्राचार तथा पहल गर्ने ।

ढ) विदेशमा रहेका नेपाली कामदारहरुलाई हुने ज्यादती, अपमान, दुव्र्यवहारबाट बचाई सम्मानजनक जीवनयापन गर्न नेपाल सरकारलाई जानकारी गराई उद्धार गर्ने, गराउने वा नेपाल सरकारसँग मिलि यथाशक्य चाँडो सहयोग उपलब्ध गर्ने, गराउने ।

ण) वैदेशिक रोजगार संघ तथा संस्थाहरु प्रति जनआस्था अभिवृद्धि गराउन आवश्यक पहल गर्ने, गराउने ।

त) वैदेशिक रोजगारदाताहरुलाई नेपाली कामदारहरु प्रतिको विश्वास दिलाउने काम गर्ने, गराउने ।

थ) विभिन्न कार्यक्रम गरी पेशालाई मर्यादित र उच्च आस्थाको विकास हुने सार्वजनिक कार्यक्रमहरु गर्ने, गराउने ।

द) अन्तर्राष्ट्रिय श्रमसंगठन, सार्क, आसियान, डब्लु.टि.ओ, युरोपियन युनियन, आइ.ओ.एम, युनिफेम जस्ता संस्था लगायत अन्य देशहरुसँग आवश्यक समन्वय गरी श्रम बजार अभिबृद्धिका लागि गोष्ठी, सेमिनार, भ्रमण र भेला आदि गर्ने गराउने ।

ध) वैदेशिक रोजगारसंग सम्वन्धित व्यक्ति र संस्थाहरुको आवश्यकता पुरा गर्ने बिषयको लागि बैक, बित्तिय संस्था, मेडिकल संस्था, अभिमुखिकरण तालिम संस्था, संचार तथा पत्रपत्रिका, बिमा कम्पनीको स्थापना वा साझेदारीको लागि कार्य गर्ने ।

न) अधिकतम विदेशी मुद्रा आर्जन गर्न वैदेशिक रोजगारको लागि क्षमतावान कामदार उत्पादन गर्न सो सम्बन्धी दक्षता विकासको लागि विभिन्न कार्यक्रम योजना तथा आवश्यक तालीम सञ्चालन गर्ने, गराउने ।

प) रोजगार व्यवसायमा विशेष ज्ञान, अनुभव हासिल गरेका वा यस सम्बन्धमा विशिष्ट योगदान दिएका व्यक्ति वा विशेषज्ञलाई तथा यस संघको हितमा उल्लेखनीय योगदान पुर्याउन सक्ने भनि संघले महसुस गरेका व्यक्ति तथा संस्थालाई सम्मान स्वरुप कदर–पत्र, प्रोत्साहन पुरस्कार तथा विशेष उपहार प्रदान गर्ने, गराउने ।

फ) राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संगठन दातृ संस्था वा सरकारका अन्य निकायमा समन्वय कायम गरी नेपाल सरकारको स्वीकृति लिई अनुदान प्राप्त गर्न पहल गर्ने ।

ब) विदेशबाट नेपाललाई दिईने वैदेशिक रोजगारको कोटा संघ मार्फत उपलब्ध गराई सम्पुर्ण व्यवसायी सदस्यहरुलाई समानुपातिक ढंगबाट वितरण गर्नको लागि पहल गर्ने त्यस्तो कोटा नेपाल सरकारबाट स्वीकृत प्राप्त भई संघमा आएपछि समान रुपले वितरण गरिने छ ।

भ) व्यवसायी भलाई कोष स्थापना गरी व्यवसायी र कामदारको हितमा तोकिए बमोजिमको कार्य गर्ने ।

म) Online Portel को व्यवस्था गरी बैदेशिक रोजगारीमा जाने कामदारको आवेदन संङ्कलन गरी व्यवसायी सदस्यहरुलाई Online Portel मार्फत उपलब्ध गराउने ।

प) संघको अनलाईन मुख पत्र प्रकाशनको व्यवस्था गर्ने 

६. सदस्यको प्रकार:
सदस्यको प्रकार देहाय बमोजिम हुनेछ ।

१. साधारण सदस्य२. मानार्थ सदस्य३. वस्तुगत सदस्य

७. सदस्यको योग्यता:

देहायको बमोजिम योग्यता पुगेका संघ संस्था सदस्यताको लागि योग्य मानिने छ । नेपाल सरकारबाट वैदेशिक रोजगार व्यवसाय गर्न पाउने गरी स्वीकृती प्राप्त गरेका संस्थाहरु संघको सदस्यताको लागि योग्य मानिने छ ।

LEGISLATION (Bidhan) Just download

At vero eos et accusamus et iusto odio digni goikussimos ducimus qui to bonfo blanditiis praese. Ntium voluum deleniti atque.

Melbourne, Australia
(Sat - Thursday)
(10am - 05 pm)

Subscribe to our newsletter

Sign up to receive latest news, updates, promotions, and special offers delivered directly to your inbox.
No, thanks
Choose Demos Documentation Submit a Ticket Purchase Theme

Pre-Built Demos Collection

Consultio comes with a beautiful collection of modern, easily importable, and highly customizable demo layouts. Any of which can be installed via one click.

Finance
Finance 6
Marketing 2
Insurance 2
Insurance 3
Fintech
Cryptocurrency
Business Construction
Business Coach
Consulting
Consulting 2
Consulting 3
Finance 2
Finance 3
Finance 4
Finance 5
Digital Marketing
Finance RTL
Digital Agency
Immigration
Corporate 1
Corporate 2
Corporate 3
Business 1
Business 2
Business 3
Business 4
Business 5
Business 6
IT Solution
Tax Consulting
Human Resource
Life Coach
Marketing
Insurance
Marketing Agency
Consulting Agency