No 1 : World’s best Manpower Organisation
nihonokuridashinepalnihonokuridashinepalnihonokuridashinepal
01-4504600/9713026293
info@nihonokuridashinepal.com
Kathmandu, Nepal
nihonokuridashinepalnihonokuridashinepalnihonokuridashinepal

Notice

वैदेशिक रोजगार व्यवसायी संघको प्रेस बिज्ञप्ति

विगत केही समयदेखि पत्रकार, सामाजिक अभियन्ता र युट्युबर हुँ भनि केही व्यक्तिहरु विभिन्न वैदेशिक रोजगार व्यवसायी संस्थाका सञ्चालक तथा कर्मचारीलाई हातपात, गाली गलौज गर्ने, धम्क्याउने, हुल हुज्जत गर्ने, संस्थाका कार्यालय र सामान तोडफोड गर्ने, व्यवसायीको चरित्र हत्या गर्ने उद्देश्य राखी विभिन्न अडियो तथा भिडियो रेकर्डिङ गर्ने लगायतका कार्यहरु गर्ने गरेको विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।   देशमा पर्याप्त रोजगारीको अवसर नहुँदासम्म बेरोजगार युवायुवतीको रोजगारी व्यवस्थापन गर्ने एउटै मात्र विकल्पका रुपमा वैदेशिक रोजगार व्यवसाय स्थापित छ। राज्यका सम्बन्धित निकायमा कानून बमोजिम दर्ता भइ राज्यले तोकेको धरौटी राखी व्यवसाय गर्न इजाजत लिएर सञ्चालन भइरहेका वैधानिक संस्था हुन् । व्यवसायीहरुले आफ्ना संस्थाहरुमा लाखौं मानिसलाई रोजगारी दिएका छन् भने वार्षिकरुपमा करोडौं रुपैया राजस्व तिरिरहेका छन् । वैदेशिक रोजगार ऐन २०६४ को अधिनमा रही व्यवसायीहरुले आफ्नो निजी प्रयास र लगानीमा बजार प्रवर्द्धन गरी विश्वका विभिन्न देशबाट मागपत्र ल्याइ सोही मागपत्रका आधारमा कामदार पठाउने र व्यवसायीले वैदेशिक रोजगारमा पठाएका कामदारहरुले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलेको छ भने देशको कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारको योगदान ३३ प्रतिशतभन्दा बढी रहेको तथ्य सबैलाई जानकारी भएकै विषय हो । नेपालको कूल जनसंख्याको ६० प्रतिशत घरधुरी वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रकमबाट जीविकोपार्जन गरिरहेका छन् । वैदेशिक रोजगारमा कामदार पठाउने क्रममा व्यवसायीले नचाहँदा नचाहँदै परिस्थितिजन्य भैपरी आउने घटनाहरु सिर्जना हुन सक्दछ। यसै अवस्थाको पेरिफेरिमा रहेर व्यवसायीले पठाएका केही कामदारले सम्झौताअनुसारको तलब नपाएको र कामदार फर्किएको भन्ने विषयलाई मुद्दा बनाइ आफूलाई पत्रकार, युट्युवर, सामाजिक अभियन्ता भन्ने केही उच्छृंखल जमातले केही व्यवसायीलाई गरेको व्यवहार कानूनको गम्भीर उल्लंघन र भर्त्सनालायक कार्य भएकाले कानून हातमा लिने जो कोहीलाई पनि कारबाही गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरिन्छ । व्यवसायी आफूले पठाएका कामदारप्रति पूर्ण जवाफदेही छन्, फर्किएका कामदारको समस्या समाधान गर्न प्रतिबद्ध पनि छन् र गरिरहेका पनि छन्। कुनै व्यवसायीले विदेश पठाएका कामदार तलब भत्ता नपाएर विचल्लीमा परे कामदारलाई तलब भत्ता दिलाउन र उद्धार गर्नुपर्ने भए उद्धार गरिरहेको र भविष्यमा पनि गर्ने छन् । कुनै व्यवसायीले कामदारलाई सम्झौताअनुसार तलब, भत्ता, सुविधा नदिलाए, उद्धार गर्नुपर्नेमा उद्धार नगरे फर्किएका कामदारलाई क्षतिपूर्ति नदिए वैदेशिक रोजगार विभागलगायतका नियामक निकायले त्यस्ता व्यवसायीलाई कानूनको दायरामा ल्याइ व्यवसायीले राखेको धरौटी कटाइ क्षतिपूर्ति दिने, उद्धार गर्ने र व्यवसायीलाई कारबाही गर्दा संघले पूर्ण सहर्मात जनाएकै छ। कुनै पनि नाम वा आवरणमा कसैले पनि कानून हातमा नलिन सचेत गराउँदै कानूनको बर्खिलाप हुने गरी गैरकानूनीरुपमा व्यवसाय र व्यवसायी उपर आक्रमण भएमा यस संघ अझै सशक्त प्रतिकारमा उत्रने, साथै कानून हातमा लिने, लिन खोज्ने व्यक्ति तथा समूहलाई कारबाही गरी व्यवसायीको सुरक्षा गर्नका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं । राजेन्द्र भण्डरी अध्यक्ष

At vero eos et accusamus et iusto odio digni goikussimos ducimus qui to bonfo blanditiis praese. Ntium voluum deleniti atque.

Melbourne, Australia
(Sat - Thursday)
(10am - 05 pm)

Subscribe to our newsletter

Sign up to receive latest news, updates, promotions, and special offers delivered directly to your inbox.
No, thanks
Choose Demos Documentation Submit a Ticket Purchase Theme

Pre-Built Demos Collection

Consultio comes with a beautiful collection of modern, easily importable, and highly customizable demo layouts. Any of which can be installed via one click.

Finance
Finance 6
Marketing 2
Insurance 2
Insurance 3
Fintech
Cryptocurrency
Business Construction
Business Coach
Consulting
Consulting 2
Consulting 3
Finance 2
Finance 3
Finance 4
Finance 5
Digital Marketing
Finance RTL
Digital Agency
Immigration
Corporate 1
Corporate 2
Corporate 3
Business 1
Business 2
Business 3
Business 4
Business 5
Business 6
IT Solution
Tax Consulting
Human Resource
Life Coach
Marketing
Insurance
Marketing Agency
Consulting Agency